logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

तितेकरेला प्रयोग गर्नुहुदैछ ? कतिको स्वस्थकर छ जानीराखौ

वि.सं १३ श्रावण २०७५, आईतवार ०६:२१
तितेकरेला प्रयोग गर्नुहुदैछ ? कतिको स्वस्थकर छ जानीराखौ

तितेकरेला प्रयोग गर्नुहुदैछ ? कतिको स्वस्थकर छ जानीराखौ

जुन तरकारीमा सबभन्दा तितो हुन्छ जसलाई प्राय मान्छेले खान रुचाउदैन तर तेहि तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

बियाँ –

१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
२) साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।

फल –
१) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।
२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

पात –
१) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
२) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।

जरा –
१) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
२) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।

अन्य उपयोगिता
तीतेकरेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

तपाईमा यस्तो समस्या छन् भने तीते करेला खाँदै नखानुस् !



Loading...
loading...

Top