logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

‘सुपारी चाम्रो २’एल्वमको बुट्टे रुमाल सार्वजनिक

वि.सं २ बैशाख २०७६, सोमबार १८:४६
Blog single photo

‘सुपारी चाम्रो २’एल्वमको बुट्टे रुमाल सार्वजनिक

काठमाडौं : ‘सुपारी चाम्रो २’ नामक एल्बममा समावेश गीत बुट्टे रुमालको कभर डान्स भिडियो सार्वजनिक भएको छ।विराटनगरको चर्चित डान्स ग्रुप टच डान्स स्टुडियोले उक्त गितको भिडियो युटुबमार्फत् सार्वजनिक गरेको छ।

अन्जु पन्त र बिमलराज क्षेत्रीको आवाज रहेको उक्त गीत भिडियोमा  नायिका प्रियंका कार्की र गम्भीर विष्टको नृत्य रहेको छ। जसमा, टच डान्स स्टुडियोका कलाकार रोशिका राउत, निश्चल राना, मनिष कट्वाल र वर्षा फूयाल नृत्य रहेको छ ।

अहिले युटुबमा मात्र नभएर ‘टिकटक’ जस्ता सामाजिक सञ्जालमा भाइरल भएको उक्त गीतमा टच डान्स स्टुडियोले कभर भिडियो बनाएको हो । अच्यूत, मनिष र निश्चलको कोरियोग्राफीमा बनेको सो भिडियोलाई निश्चलले नै निर्देशन एवं सम्पादन गरेका हुन् ।

आफ्ना नृत्य एवं सिर्जना दर्शकमाझ पुर्याउनका लागि सजिलो बाटो बनेको युटुबमार्फत् नेपाली तथा हिन्दीको गीतमा कभर डान्स गर्नेको संख्या पछिल्लो समय बढेको हो । यस्तैमा विराटनगरको उक्त डान्स स्टुडियोले पनि एक कभर भिडियो सार्वजनिक गरेको हो।




Top