logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

तनहुँमा माइक्रो बस र ट्रक ठोकिदाँ १ को मृत्यु, १५ घाइते

वि.सं १५ श्रावण २०७५, मंगलवार ०६:०१
तनहुँमा माइक्रो बस र ट्रक ठोकिदाँ १ को मृत्यु, १५ घाइते

तनहुँमा माइक्रो बस र ट्रक ठोकिदाँ १ को मृत्यु, १५ घाइते

माइक्रो बस र ट्रक एक आपसमा ठोकिदाँ सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा भोजपुर जिल्ला बोखिम घर भएकी १९ वर्षीया सबिना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र बिपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडक अन्तर्गत व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोकिदाँ सो दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरा स्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com