logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

वि.सं ११ श्रावण २०७५, शुक्रबार १३:१९
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदीमा खसेको छ । शुक्रवार बिहान करिब पौने १२ बजे ना. ५ ख ७४०९ नम्बरको ट्रक सँग ठक्कर खाएपछि बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) प्रभु ढकालले जानकारी दिएका छन् ।

सडकबाट करिब १०० मिटर तल नदि किनारमा खसेको बसका यात्रुहरुको उद्धार कार्य भइरहेको डिएसपी ढकालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले यात्रुहरुको उद्धार गरिहरको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक सहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



Loading...
loading...

Top