logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो,घाइतेको उपचार हुँदै

वि.सं ११ श्रावण २०७५, शुक्रबार १७:१९
त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो,घाइतेको उपचार हुँदै

त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो,घाइतेको उपचार हुँदै

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्दा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । मृतकमा ५ जना पुरुष र दुईजना महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील राठौरका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको पोखरा, १० जनाको भरतपुर र १ जनाको धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाउँपालिका चुम्लिङटारस्थित सडकबाट त्रिसुली नदीमा खसेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com