logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

आगामी आ.व.को कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (पुर्णपाठ सहित)

स्टिम न्युज वि.सं १६ जेष्ठ २०७७, शुक्रबार ०३:४४
आगामी आ.व.को कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (पुर्णपाठ सहित)

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्बको वार्षिक बजेटसार्वजनिक गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गरेका हुन । सरकारले गतबर्ष भन्दा यो वर्ष बजेट घटाएर सार्वजनिक गरेको हो ।

गत वर्ष १५ खर्ब ३२ अर्वको बजेट सार्वजनिक गरिएकोमा त्यो आकार यो वर्ष घटाइएको हो । बजेटमा राजस्वतर्फ ८ खर्ब ८९ अर्व र राजस्वतर्फ ८ खर्ब ८९ अर्बको लक्ष्य निर्धारण गरिएको छ । वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋणतर्फ २ खर्ब २५ अर्बको लक्ष्य तोकिएको छ ।

सरकारले वित्तीय व्यवस्थापन १ खर्ब ७२ अर्बको लक्ष्य निर्धारण गरेको छ । कोरोना भाइरस महामारीका कारण श्रोत संकुचन गरेर बजेट सार्वजनिक भएको हो । बजेटमा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकास र खेलकुद क्षेत्रको बजेट घटाइएको छ ।

बजेटमा कोरोनाका कारण समस्यामा परेकाहरुलाई रोजगारी सिर्जनामा पनि प्राथमिकता राखिएको छ । आज सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ  ।

जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी छ । लगत्तै प्रचलित कार्य्विधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने तयारी छ । ढिलामा पनि जेठ २६ गतेसम्म विनियोजन पारित गर्ने तयारी सचिवालयको छ ।बजेट २०७७_७८



Loading...
loading...

Top