बुद्ध जयन्तीको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको शुभकामना सन्देश

नमूना कृषि गाउँ घोषणा,मुख्यमन्त्रीको शुभकामना
Advertisement

बुद्ध जयन्तीको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको शुभकामना सन्देश

पोखरा, ४ जेठ: विश्व शान्ति, भ्रातृत्व र मानव कल्याणका लागि बुद्धका विचार र उपदेशले आज बौद्ध धर्मावलम्बीलाई मात्र नभएर विश्व मानव जातिलाई नै मार्गनिर्देशन गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङले बताउनुभएको छ ।

दुईहजार ५६३ औँ बुद्ध जयन्तीका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले ‘दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ दुखः निवारणका मार्ग छन्’ भन्ने बुद्धको शिक्षाबाट प्रेरित हुँदै शान्ति र न्यायपूर्ण समृद्ध समाज निर्माणमा निरन्तर लाग्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ ।

 

रासस

Facebook Comments