logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

बुबा बितेका चार दिनपछि तीन छोराहरु नेपाल प्रवेश गरे

स्टिम न्युज वि.सं ११ बैशाख २०७७, बिहीबार ०८:०९
बुबा बितेका चार दिनपछि तीन छोराहरु नेपाल प्रवेश गरे

बैतडी: लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुबा बितेका चार दिनपछि बुधवार बेलुका नेपाल प्रवेश गर्नुभएकोे छ ।

जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुुबा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाउनुुभएको हो । नेपाल प्रवेश गरेका कि’रियापुत्रीका बुबा उजले धामीको आइतबार मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो । नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताउनुुभयो ।

भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिनुभयो । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किनुुभएको थियो । रासस



Loading...
loading...

Top