बेलायति प्रधानमन्त्रीले रुँदै गरिन् राजिनामा दिने घोषणा, यस्तो छ कारण

राजिनामा
Advertisement

बेलायति प्रधानमन्त्रीले रुँदै गरिन् राजिनामा दिने घोषणा, यस्तो छ कारण

ब्रेक्जिटमा समर्थन जुटाउन नसकेपछि ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।

शुक्रबार डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री चयनका लागि बाटो खोल्दै आगामी जुन ७ मा आफूले राजीनामा दिने घोषणा गरेकी छन् ।

डाउनिङ स्ट्रीटमा सम्बोधनका क्रममा भावुक मुद्रामा देखिएकी टेरिजाले सन् २०१६ मा भएको जनमत संग्रहको परिणामलाई सम्मान गर्न र निष्कर्षमा पुर्याउन आफूले सक्दो प्रयास गरेको तर सफल हुन नसकेको भन्दै गहिरो दुःख व्यक्त गरेकी थिइन् ।

यस अघि टेरिजाले बेलायति सांसदमा पेश गरेको युरोपेली युनियन बाट बेलायत छुट्टिने ‘ब्रेक्जिट’ प्रस्ताव ३ पटक सम्म विफल भएको थियो भने उनलाई आफ्नै पार्टीका संसदहरूबाट समेत असहयोग भएको थियो ।

उक्त घोषणाका क्रममा उनी भावुक हुँदै रोएकी थिइन् । उनले रुँदै भनिन् “बेलायतको प्रधानमन्त्री बनेर सेवा गर्न पाउनु मेरो लागि गर्वको कुरा थियो ।”

Facebook Comments