logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

बृद्ध भत्ता बढ्यो, छात्रालाई निःशुल्क ‘सेनेटरी प्याड’ बाँड्ने

वि.सं २० जेष्ठ २०७६, सोमबार १६:४८
Blog single photo

बृद्ध भत्ता बढ्यो, छात्रालाई निःशुल्क ‘सेनेटरी प्याड’ बाँड्ने

१५ जेठ काठमाडौं: सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ज्येष्ठ नागरिकको मासिक भत्ता २ हजारबाट बढाएर ३ हजार पुर्‍याइएको बताए । यसबाट १३ लाख ज्येष्ठ नागरिकलाई लाभ हुनेछ ।

निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन गरेको जनाएका छन् । विद्यालयमा प्याडको व्यवस्था नहुँदा महिनावारीका बेला छात्रालाई समस्या हुने गरेको गुनासो रहेको थियो ।




Top