logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

छालामा निलो दाग ! बोक्सीको टोकाइको भ्रम त पाल्नु भएको छैन ? होस गर्नुस

वि.सं १२ श्रावण २०७६, आईतवार ०५:५०
Blog single photo

छालामा निलो दाग ! बोक्सीको टोकाइको भ्रम त पाल्नु भएको छैन ? होस गर्नुस

हाम्रो शरीरको विभिन्न ठाउमा कहिले कहिँ अचानक रगत जमेको जस्तो निलो दागहरु देखिने गर्छ । यस्तो छालामा निलो दाग न चोटपटक न कुनै बाहिरी कारणले नै हुने गर्छ ।

राती केहि चाल नपाई गहिरो निन्द्रामा सुतेको वा धेरै सुतेको व्यक्तिको शरीरमा यस्तो दाग अचानक देखिन सकिन्छ, बिस्तारै प्याजी र गहिरो रङ भएर जान्छ र केहि दिनमा आफै निको हुन्छ । शरीरमा अचानक यसप्रकारको निलो दाग देखिएमा, बोक्सीले टोकेको एउटा अन्धविश्वास समेत रहेको देखिन्छ ।

छालको कुनै भागमा चोट लाग्दा वा कतै ठोक्किदा रक्त नलिमा क्षति पुग्न गइ ठोकिएको भागमा निलो दाग देखिने गर्छ । चोट लाग्दा वा अन्जानमा ठोकिदा उक्त ठाउँमा रगत जम्ने गर्छ र यस्तो निलो दाग बस्न जान्छ । तर, कहिले काही विना चोटपटक पनि हाम्रो शरीरमा यस्तो दाग हुने गर्छ ।

बंशाणुगत कारणले पनि छालामा निलो दाग देखिन सक्छ । हाम्रो शरीरमा रगत उत्पादन गर्ने क्षमतालाई कमजोर भएको खण्डमा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

धेरै जसो भिटामिन सी, के र मिनरलले तरल पदार्थबाट रगत बनाउने र चोट लागेको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । त्यसैले शरीरमा भिटामिन तथा मिनिरलको कमी हुँदा छालामा यस्तो निलो दाग देखिने गर्छ । शरीरमा आइरनको कमीले एनिमियाको समस्या हुन सक्ने भएकोले आइरनको कमीले पनि शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण मध्ये एक हो ।

बढी उमेरका मानिसमा वा बृद्धहरुमा यस्तो निलो दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो सुर्यको किरणले रक्तनलीलाई कमजोर बनाएर शरीरमा पहिले रातो र बिस्तारै निलो रंगको दाग बनाउने गर्छ । शरिरमा निलो दाग हुनुको अर्को मुख्य कारण भनेको हामीले अत्याधिक गरेको एक्सरसाइज पनि हुन सक्छ ।

आवश्यकताभन्दा बढी एक्सरसाइज वा बढी तौल उठाउने गर्दा मांशपेशीमा धेरै बल पर्न जान्छ र शरिरका विभिन्न भागमा निलो दाग देखिन थाल्छ । हाम्रो शरीरको कोलोजन नामक विकार तत्वको कारणले गर्दा हाम्रो कोशिका र रक्त नलीलाई कमजोर बनाएर रगत नलीलाई सजिलै टुटाउने गर्छ । जसले गर्दा शरिरका विभिन्न ठाउँमा निलो दागहरु देखिन सक्छ ।

हाम्रो शरीरमा प्रोटीनको तुलनामा रगतको कमी भएमा सानो चोट-पटक तथा ठोकिएपछि अत्याधिक रगत बग्ने गर्छ र यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग हुने गर्छ । रगत पातलो बनाउने औषधीको तथा माछाको तेल, धेरै लसुनको सेवन तथा विभिन्न खानेकुराको प्रयोग गर्दा हाम्रो रगतलाई जम्नबाट रोक्ने काम गर्छ र हाम्रो शरीरमा यस्तो समस्याहरु देखा पर्न सक्छ ।

क्यान्सर भएको बेलामा र क्यान्सरको उपचार गर्दा गरिने किमोथेरापीका कारणले शरिरमा पटक पटक निलो दाग देखिने गर्छ । शरीरमा धेरै जसो निलो दागहरु देखा पर्ने गर्छ भने यसलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दागहरु हाम्रो शरीरमा क्यान्सरको संकेत समेत हुन सक्छ ।

थप जानकारी :

पुरातन समाजमा एउटा अन्धविश्वास छ, छालामा निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ ।

यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग ? के यसले स्वास्थ्यमा असर गर्छ ?

किन बस्छ छालामा निलो दाग ?

छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ ।

चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो यो । मेडिकल भाषामा यसलाई ‘कन्टूशन’ अर्थात भित्री चोट भनिने गरिन्छ । तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ ।

भिटामिन र मिनरल्सको कमी

– कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ ।

– भिटामिन ‘के’ले रगत जमाउने काममा भूमिका खेल्छ । जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित पर्नइ जान्छ र छालामा निलो दाग देखिन सक्छ ।

– यसमा भिटामिन सीको पनि भूमिका हुन्छ । भिटामिन सीले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँछ । त्यसैले शरीरमा भिटामिन सीको कमीबाट पनि निलो दाग देखिन सक्छ । यस्तो भिटामिनको कमी भएमा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ ।

– जिंक र आइरन जस्ता मिनरलले शरिरमा लागेका चोटलाई छोटो समयमा निको पार्ने काम गर्छ । आइरनको कमीले एनिमियाको समस्या पनि हुन सक्छ । जुन शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण पनि हो ।

तुलसीको पात काे प्रयाेगले लिन सकिन्छ यस्ताे स्वास्थ्य लाभ,यसरी प्रयाेग गर्नुहाेस् :

छिटो-छिटो पिसाब लाग्ने समस्या छ ! यी हुन केहि घरेलु उपायेहरु

प्राणवायु अक्सीजनको कमीले यस्ता रोगहरू निम्त्याउन सक्छ।

वन विलीब्रान्ड डिजीज

वन विलीब्रान्ड डिजीज एक यस्तो समस्या हो जसको कारण अत्याधिक रक्तश्राव हुने गर्छ । वान विलीब्राण्ड नामक प्रोटीनको तुलनामा रगतको कमी भएमा यस्तो समस्या हुने गर्छ । यो रोग लागेमा चोट-पटकपछि अत्याधिक रगत बग्ने गर्छ । यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग देखिने गर्छन् ।

क्यान्सर वा किमोथेरापी

किमोथेरापीको अवस्थामा ब्लड प्लेटलेट्स ४ लाख भन्दा तल अउन सक्छ । यस्तो अवस्थामा शरिरमा पटक-पटक निलो दाग देखिने गर्छ । निलो दागलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दाग क्यान्सरको संकेतसमेत हुन सक्छ ।

थ्रोन्बोफिलिया

ब्लीडिग डिसअर्डरको कारण पनि यस्तो समस्या हुन सक्छ । थ्रोन्बोटिक थ्रोन्बोसाइटोपेनिया पप्र्यूरा (टीटीपी) वा आइडियोपेथिक थ्रोन्बोसाइटोपेनिक पप्यूरा -आइटीपी) भएमा प्लेटलेट्स कम हुने गर्छ । यसले शरिरको रगत उत्पादन गर्ने क्षमतालाई पनि कमजोर बनाउने काम गर्छ । जसले गर्दा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

कोलोजनको कारण

बंशाणुगत कारणले पनि छालामा निलो दाग देखिन भूमिका खेल्छ । कोलोजन नामक विकार तत्वको कारणसमेत यस्तो समस्या हुन्छ । कोलोजनले कोशिका र रक्त नलीलाई कमजोर बनाउँछ र त्यस्ता नली सजिलै टुटेर जान सक्छन् । जसले गर्दा शरिरका कैयौँ ठाउँमा निलो दाग देखिने गर्छ ।

औषधी र सप्लीमेन्ट

कुनै कुनै औषधी र सप्लीमेन्ट प्रयोगको कारण पनि छालामा निलो दाग देखिने गर्छ ।  एस्पिरिन जस्ता रगत पातलो बनाउने औषधीको प्रयोग गर्दा कतिपयलाई यस्तो समस्या हुन्छ । किनकी यस्तो औषधीले रगतलाई जम्नबाट रोक्ने काम गर्छ । यसका साथै प्राकृतिक सप्लीमेन्ट जस्तो की जिन्को विलोवा, माछाको तेल, लसुनको बढी प्रयोगले पनि रगत पातलो बनाउँछ ।

निन्द्रामा झस्किने गर्नुभएको छ? यस्तो रहेछ कारण !

टाउको दुख्ने गर्छ ? तुरुन्त आराम लिन यी ६ उपाय अपनाउनुहोस् !

तपाई बिरामी त हुनुहुन्न ? जिब्रोमा चम्चा राखेर १ मिनेटमैं पत्ता लगाउनुस् !

बढी एक्सरसाइज

शरिरमा निलो दाग हुनुको अर्को कारण अत्याधिक एक्सरसाइज पनि हुन सक्छ । आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा मांशपेशीमा चाप पर्न जान्छ । बढी तौल उठाउँदा पनि मांशपेशीमा अतिरिक्त बल पर्ने गर्छ । जसले गर्दा शरिरका विभिन्न भागमा निलो दाग देखिने गर्छन् ।

बुढ्यौली

घरमा भएका बढी उमेरका मानिसको शरिरमा निलो दाग बसेको देख्नुभएकै होला । शरिरमा देखिने यस्तो निलो दाग रातो रङबाट शुरु हुने गर्छ ।

अनि प्याजी र गहिरो रङ भएर जान्छ । र, विस्तारै निको हुन्छ । यसरी बढी उमेरका मानिसमा दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो किरणले रक्तनलीलाई कमजोर बनाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यी खाद्यपदार्थ, जसलाई कहिल्यै फ्रिजमा नराख्नू !




Top