बहुगुणकारी कालो सुन “कालो गोलभेंडा” मधुमेह देखी क्यान्सर सम्मको औषधी

326
कालो गोलभेंडा
Advertisement

बहुगुणकारी कालो सुन “कालो गोलभेंडा” मधुमेह देखी क्यान्सर सम्मको औषधी

के तपाइले कालो गोलभेंडाको बारेमा कहीले सुन्नु भएको छ ? देख्दैमा फरक अनि अनौठो लाग्ने यो कालो गोलभेंडा यसको कालो रंङ्गको कारण महत्व घटेको छैन, बरू मानिसले यसलाइ खुब मन पराएका छन । अंग्रेजीमा इन्डिगो रोज टमेटो भनिने यो प्रजातीको गोलभेंडा क्यान्सरको उपचारका लागि पनि प्रयोग हुन्छ । यसका साथै यो धेरै प्रकारको रोग सँग लड्न सहायक सिद्ध हुन्छ ।

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो गोलभेंडा पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी रंगमा फल्ने यो गोलभेंडा बिस्तारै घाम र तापक्रमको सम्पर्कमा आएपछी, एवं पाक्दै जाने क्रममा कालो रंगमा परिणत हुँदै जान्छ।

यो प्रजातीको गोलभेडाको बिकास रुसमा भएको हो । इन्डिगो रोज टमेटो वा ब्ल्याक क्रिमको नामले समेत परिचित यो कालो गोलभेंडाको बैज्ञानिक नाम लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन हो ।

कालो गोलभेंडाका फाईदाहरु :

अरु गोलभेंडा जस्तै यसमा फाइबर तथा भिटामिन ए र सि पाईन्छ ।  बैज्ञानीक अध्ययनका अनुसार क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व यसमा रहेको छ । यसको नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिन्छ । यसका साथै मधुमेह, कोलेस्ट्रोल घटाउन पनि यसले मद्दत गर्छ । आँखाको ज्योती बढाउन, कलेजो सफा राख्न, रक्तचापको स्तर कम गर्न पनि यसले मद्दत गर्छ ।

स्वादमा केही गुलियो गुलियो, केही अमीलो र नुलिलो खालको भएको हुँदा सलादमा पनि उपयोग मानिएको छ ।

कालो गोलभेंडा खेतीः

रुसबाट सुरु भएको कालो टमाटर खेती भारतको सिक्किमा समेत भैरहेको छ । सबै प्रकारको जलबायुमा उत्पादन लिन सकिने कालो टमाटर खेती नेपालमा समेत गर्न सकिन्छ । यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

पुष को मध्यबाट यसको बिउ छरिन्छ र फागुनमा नर्सरीमा यसलाइ रोप्नु पर्छ । यो गोलभेंडा अन्य रातो गोलभेंडा भन्दा केही ढिलो पाक्छ । रातो गोलभेंडा ३ महिनामा पाकेर फल टिप्न सकिन्छ भने यसलाइ पाक्न पुरै ४ महिना बेसी लाग्छ ।

तर ढिलो पाके पनि यसको उत्पादन बेसी हुन्छ एक झुप्पामा आठ देखि बाह्र दाना फल लिन सकिने यसको बोट बाट १० केजि भन्दा बढि फल लिन सकिन्छ । चिसोमा भन्दा गर्मी समयमा यसको खेती उपयुक्त हुन्छ ।

ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो गोलभेंडा र अन्य गोलभेंडाको तुलनामा दोब्बर मूल्यमा बिक्रि भैरहेको छ ।

नेपालमा परिक्षण :

कृषि परियोजना टिकाथलीले लामो समयको परिक्षण पश्चात कालो गोलभेंडा बजारमा ल्याएको हो । नेपाली हावापानी सुहाँउदो कालो गोलभेंडामा रोग संग लड्न सक्ने क्षमता धेरै रहेको कृषि विज्ञहरू  बताउछन।

Facebook Comments

Advertisement