logo
  • Tuesday, August 4, 2020
  • वि.सं २० श्रावण २०७७, मंगलवार

विराटनगरमा आज रातीबाट १४ दिन लकडाउन

स्टिम न्युज वि.सं १६ श्रावण २०७७, शुक्रबार १७:२५
विराटनगरमा आज रातीबाट १४ दिन लकडाउन

विराटनगर: विराटनगर महानगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेसँगै पुनः लकडाउन हुने भएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले १४ दिने लकडाउनको घोषणा गरेको हो ।

महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

महानगरपालिकाले यसअघि नै लकडाउन गर्न जोड गरे पनि प्रदेश सरकारले अनुमति नदिएको आरोप लगाउँदै आएको थियो ।



Loading...
loading...

Top