logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

बिरामी–चिकित्सक दुवै असुरक्षित: भनसुनपछि मात्र भर्ना

स्टिम न्युज वि.सं ८ चैत्र २०७६, शनिबार ०८:११
बिरामी–चिकित्सक दुवै असुरक्षित: भनसुनपछि मात्र भर्ना

बुटवल। प्रदेश ५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो। ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन। तर तिनै अस्पताल कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको उपचार गर्न आनाकानी गरिरहेका छन्। ज्वरो र रुघाखोकी देखिएका बिरामीलाई अस्पतालले गेटबाटै फर्काएका छन्।

रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना गर्न नमानेपछि नवलपरासीको रामग्राम १६ हकुईका एक युवा ९ दिनपछि मुख्यमन्त्रीको निर्देशनमा लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको छ। चैत २ गतेदेखि नवलपरासी, रुपन्देही र काठमाडौंका निजी तथा सरकारी अस्पताल चहार्दा पनि कसैले भर्ना लिन नमानेपछि बिरामीका छिमेकीले नवलपरासीका केही मिडियाकर्मीलाई सूचना पु-याएका थिए। यो सूचना बाहिरिएपछि जताततै आलोचना भयो। मुख्यमन्त्री शंकर पोखरेलले यो सूचना थाहा पाएर उपचारका लागि दबाब दिएपछि बल्ल प्रादेशिक अस्पतालले ती युवालाई भर्ना लिएर उपचार थालेको छ। उनलाइ आइसोलेसनमा राखिएको छ।

पेसाले ट्रकचालक ३५ वर्षे ती युवा चैत लागेसँगै बिरामी परेका थिए। खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या भएपछि उनी चैत २ गते स्थानीय एक क्लिनिकमा जँचाउन गएका थिए। स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको भन्दै आइसोलेसन बेडको व्यवस्था गरिएको सरकारी अस्पतालमा जान सुझाव दिए। चैत ३ गते पृथ्वीचन्द्र अस्पताल परासीमा पुगेका उनलाई एक्सरे गरेर हेर्दा छातीमा निमोनियाको दाग देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरियो। यो खबर आजको नागरिक दैनिकमा छ ।



Loading...
loading...

Top