logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

एमबीबीएस अध्ययनरत विधार्थी कीर्तिपुरको जंगलमा मृत फेला

वि.सं २५ जेष्ठ २०७६, शनिबार १६:५६
Blog single photo

एमबीबीएस अध्ययनरत विधार्थी कीर्तिपुरको जंगलमा मृत फेला

काठमाडौं : काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्षमा अध्ययनरत एक विधार्थी आज मृत फेला परेका छन्।

गत जेठ १७ गतेदेखि हराएका शिशिर खनाल आज शनिबार अपरान्ह कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।

अर्घाखाँची घर भएका खनाल कोटेश्वरमा बसी काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र पढ्दै आएका थिए।

यस अघि खनालको खोजीमा जुटेको प्रहरीले उनको मोटरसाइकल कीर्तिपुरस्थित पुष्पलाल पार्कमा फेला पारेपनि उनको अवस्था पत्ता लगाउन सकेको थिएन।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार प्रारम्भिक अनुसन्धानमा मृत भेटिएका खनालले आत्महत्या गरेको हुन सक्ने जनाइएको छ।

मृतक खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।

दुईवटा मोबाइल बोकेपनि खनालको फोन स्विच अफ देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

शव पोस्ट् मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। पोस्ट् मार्टम पछी मात्र मृत्युको यथार्थ कारण यकिन हुने प्रहरीले जनाएको छ।




Top