प्रस्तावित विज्ञापन ऐनको बिरोधमा बिदेशी च्यानल २४ घण्टाको लागी बन्द

0
क्लिन फिड
Advertisement

प्रस्तावित विज्ञापन ऐनको बिरोधमा बिदेशी च्यानल २४ घण्टाको लागी बन्द

काठमाडौं । केवल टेलिभिजन व्यवसायीले विदेशी विज्ञापन प्रसारण हुने विदेशी च्यानल एक दिनका बन्द गरेका छन् ।

सरकारले ल्याएको ‘क्लिन फिड’ सम्बन्धि व्यवस्थाको विरोध गर्दै मंगलबार अपरान्ह ३ बजेसम्म सबै च्यानलहरु बन्द रहने गरेका हुन् ।

सोमबार पत्रकार सम्मेलन गरी व्यवसायीहरुको छाता संगठनले सरकारले चाहे अनुसारको क्लिन फिडको मुहार अनुभव गराउन विदेशी विज्ञापन भएका च्यानल बन्द गरेको बताए ।

व्यवसायीहरुले यो व्यवस्था लागु हुँदा आउने परिस्थितिबारे आमउपभोक्ता र सरोकारवालालाई जानकारी दिन २४ घण्टा प्रसारण बन्द गर्नु परेको बताए ।

नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहित च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ ।

प्रस्तावित विज्ञापन ऐन, २०७६ लागु भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैयाँको लगानी डुब्ने व्यवसायीले बताएका छन् ।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट पनि नेपाली जनता वञ्चित हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

नेपालमा सञ्चालित डीटीएच, आर्यपीटीभी र ओटीटीका कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ती कम्पनी बन्द हुने र त्यसले अर्बौंको लगानी डुब्नुको साथै हजारौंको रोजगारी गुम्ने अवस्था सिर्जना हुने जनाएको छ ।

नेपालमा प्रसारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ ।

Facebook Comments

Advertisement