logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

ललितानिवास जग्गा प्रकरण : विभागीय मन्त्रालय मौन

स्टिम न्युज वि.सं २५ माघ २०७६, शनिबार ०७:५४
ललितानिवास जग्गा प्रकरण : विभागीय मन्त्रालय मौन

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मौन देखिएको छ। सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी तीन निकायलाई छानबिन र अनुसन्धानको जिम्मेवारी दिएको १० महिना बितेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मन्त्रालयलाई जिम्मेवारी तोकिएको थियो।

सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धमा छानबिन गरी कारबाहीका लागि सुुझाव पेस गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको उच्चस्तरीय समितिको प्रतिवेदनपछि यी तीन निकायलाई थप अनुसन्धानको जिम्मा दिइएको थियो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।



Loading...
loading...

Top