काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का, धादिङको नौविसे केन्द्र

भूकम्प भुकम्प,काठमाडौं केन्द्रबिन्दु, भूकम्पको धक्का
Advertisement

काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का, धादिङको नौविसे केन्द्र

काठमाडौं: काठमाडौं बासीले बुधबार बिहानै भूकम्पको धक्का महसूस गरेका छन्। बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा ती भूकम्पका धक्का महशुस गरिएका हुन्। १२ मिनेटको फरकमा गएको थियो ।

दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दुबै भूकम्पको केन्द्रबिन्दु धादिङको नौविसे हो।

भूकम्पले घरहरु हल्लिएका थिए भने सर्वसाधारण घर बाहिर निस्किएका थिए ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गते गएको शक्तिशाली भुकम्पको  बिहिबार ४ बर्ष पुग्नेछ।

Facebook Comments