logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

लकडाउनमा भोजपुरेलाइ युवा निर्माण व्यवसायी श्रेष्ठले वितरण गरे राहत

वि.सं २ जेष्ठ २०७७, शुक्रबार १५:३७
लकडाउनमा भोजपुरेलाइ युवा निर्माण व्यवसायी श्रेष्ठले वितरण गरे राहत

लकडाउनमा भोजपुरेलाइ युवा निर्माण व्यवसायी श्रेष्ठले वितरण गरे राहत

निर्माण व्यवसायको क्षेत्रमा कार्यरत भोजपुर नगरपालीकाका सन्तोष श्रेष्ठले लकडाउनका कारण समस्यामा परेका भोजपुरेलाइ ५ सय वढी भोजपुरेलाइ राहत वितरण गरेका छन् । व्यक्तिगत खर्चमा श्रेष्ठले करिब ६ लाख रुपैंया वढीको खाद्यान्न र स्वास्थ्य सामग्री खरीद गरी टोल बस्तीमै पुगेर वितरण गरेका हुन् ।

युवा निर्माण व्यवसायी श्रेष्ठले आफ्नो जन्मथलो भोजपुरको भोजपुर नगरपालीका पुगेर २ सय ६० बिपन्न परिवारलाई खाद्यान्न सहित स्वास्थ्य सामग्री वितरण गरे । विश्वभरी फैलीएको कोरोना भाईरस संक्रमणका कारण देश लकडाउनमा हुंदा निम्न आय भएका, विद्यार्थी, मजदुर लगायतलाई विहान बेलुकाको छाक टार्न समस्या भएपछि श्रेष्ठ खाद्यान्न सहितको सामग्री बोकेर उनीहरुका टोल बस्ती सम्म नै पुगेका हुन् ।

स्थानीय सरकारको नजरमा नपरेका उनीहरुलाई आफुले व्यक्तिगत रुपमा खाद्यान्न खरीद गरेर वितरण गरेको उनले वताए । भोजपुर बाट आएर पुर्वी तराईको सुनसरी र मोरङमा बसोबास गर्ने बिपन्न परिवार, विद्यार्थी, मजदुर र गृहणी २ सय जना वढीलाई पनि खाद्यान्न सहित अन्य स्वास्थ्य सामग्री वितरण गरेका छन् । श्रेष्ठले गत आईतबार देखी लगातार खाद्यान्न वितरण गरीरहेका छन् । उनले सुनसरीको इटहरी र धरान आसपासका क्षेत्रमा बसोबास गर्ने बिपन्न नागरिकको पहिचान गरी खाद्यान्न लगायतका सामग्री वितरण गरीरहेका छन् ।

सहयोग बारे बोल्दै उनि भन्छन ‘लकडाउनको समय बढे अझै सहयोग गछौ’ । विश्व कोरोना आतङ्कले थलिएको छ । राज्यले आफ्नो ठाउँमा गरिरहेको छ, यसमा सङ्घ संस्था र हामी जस्ता जिम्मेवार नागरिकको पनि कर्तव्य हुन आउँछ,’ श्रेष्ठ भन्छन् ‘यो सङ्कटको अवस्थामा तराईमा बसोबास गरिरहेका कोही पनि भोजपुरबासी भोको रहनु हुँदैन भन्नेमा म लगायत निर्माण व्यवसायमा रहेका हाम्रो साथीहरूको जोड छ ।’ उनले कोही भोकै हुने अवस्था भए आफूसँग र निर्माण व्यवसायी समूहसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

सन्तोष एवं उनका साथीहरूले  यस अघि पनि गन्तव्य तर्फ हिडेर विच बाटोमा अलपत्र परेका ३ सय वढी यात्रु र अन्य नागरिकलाई तेह्रथुम र संखुवाभाको सिमा देउरालीमा खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यसै गरी स्वास्थ्य कर्मीहरूको मनोबल बढाउन भोजपुर नगरपालीका धापखर्क उप स्वास्थ्य चौकी मा श्रेष्ठको समूहले  PPE र मास्क वितरण गरेका छन । कोरोना भाइरस (कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले देशभर गरेको लक डाउनका कारण मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुर, विभिन्न विकासे आयोजनाका मजदुर, विद्यार्थी लगायतलाई उनीहरूले खोजी खोजी खाद्यान्न लगायतका सामग्री वितरण गरीरहेका छन् ।



Loading...
loading...

Top