logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

भारतद्ारा यात्रा प्रतिबन्धको घोषणा, विदेश यात्रा नगर्न आग्रह

स्टिम न्युज वि.सं ३० फाल्गुन २०७६, शुक्रबार ०८:११
भारतद्ारा यात्रा प्रतिबन्धको घोषणा, विदेश यात्रा नगर्न आग्रह

एजेन्सी: कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै भारतले विभिन्न किसिमको यात्रा प्रतिबन्धको घोषणा गरेको छ । यस्तै, अति आवश्यक वाहेक विदेश यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह पनि गरेको छ ।

शुक्रबार मध्यरातीबाट आगामी अप्रिल १५ गतेसम्म लागू हुने गरी प्रतिबन्ध लगाइएको हो । कुटनीतिक, आधिकारीक, अन्तर्राष्ट्रिय संगठन, रोजगार र प्रोजेक्ट भिजावाहेक अन्य सबै किसिमका भिजा तत्काललाई रद्ध गरिएको भारत सरकारले जनाएको छ ।

यात्रा अनुमति प्राप्त गर्नेले पनि शुरुमा १४ दिनको क्वारेन्टाईमा बस्नुपर्ने भारतले स्पष्ट पारेको छ । भारतमा हालसम्म ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



Loading...
loading...

Top