logo
  • Tuesday, July 14, 2020
  • वि.सं ३० असार २०७७, मंगलवार

भारतमा बालबालिका उत्पीडनको ५० भन्दा धेरै मुद्दा दर्ता, ३ सय ७७ वेबसाइट बन्द

स्टिम न्युज वि.सं १३ मंसिर २०७६, शुक्रबार १२:२५
भारतमा बालबालिका उत्पीडनको ५० भन्दा धेरै मुद्दा दर्ता,  ३ सय ७७ वेबसाइट बन्द

भारत: भारतीय महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले बुधबारको राज्यसभाको बैठकमा बालबालिका सँग सम्बन्धित अश्लील साम्रगी इन्टरनेटबाट हटाइएको बताइकि छन्। ईरानीले करिब ३७७ वेबसाइटहरु हटाइएको जनाएकि छिन्।

बालबालिका उत्पीडनको सम्बन्धमा ५० भन्दा धेरै मुद्दा दर्ता भएका छन्। राज्यसभाको शुन्य समयमा बोल्दै सदस्य विजिला सत्यानदद्धारा इन्टरनेटमा बालबालिकासँग जुडिएका अश्लील सामग्रीको मुद्दा उठाए पछि त्यसको जवाफमा स्मृतिले भनिन् , “यस घटना कुनै पनि समयमा उनीहरु तत्काल सुचना दिएमा तुरुतै कार्बाही गरिने छ ।” विजिलाले भने, “मोबाइल फोनका साथै इन्टरनेटमा बालबालिका सँग सम्बन्धित अश्लील साम्रागी सम्म सजिलै पहुच भएका कारण उनीहरुमा बाल उत्पीडनका मुद्दा वृद्धी भइरहेको छ ।

इन्टरनेट एवं सोशल मिडियाको साम्रागीहरुमा रोकलाई जिकिर गर्दै हरेक दिन बालबालिकाहरु यौन उत्पीडनको खबर आएको छ । बालबालिकाको भविष्यका लागि यस्तो साम्रगीबाट बचाउन जरुरी रहेको छ । साथै पोनग्राफी सम्म सजिलै पहुचका कारण बालबालिका माथि अपराध संख्यामा वृद्धी भएको छ । ”

यसमा हस्तक्षेप गर्नका लागि स्मृतिले भनिन्, “बालबालिकासँग जोडिएको अश्लील सामग्री सम्बन्धीत करिब ३७७ वेबसाइटहरु हटाइएको छ । साथै बालबालिका उत्पीडनसँग सम्बन्धीत ५० वटा साइटहरुमा मुद्दा चलाइएको छ । ” उनी भन्छिन्, “यस्तो घटना लिएर तत्काल सूचना दिएमा उनीहरु माथि प्रशासनिक कार्वाही गरिने छ । ”



Loading...
loading...

Top