logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

भारतको गोदावरी नदीमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु

स्टिम न्युज वि.सं ३० भाद्र २०७६, सोमबार १०:०१
Blog single photo

काठमाडौं:  भारतको आन्द्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । नदीमा सवार ६१ यात्रुसहितको डुंगा क्षमता भन्दा बढी यात्रु भएकै कारण डुबेको आशंका गरिएको छ ।

उक्त डुंगामा ५० जना यात्रु र ११ जना कर्मचारी रहेको बताइएको छ । सवार यात्रुमध्ये धेरैजसो पर्यटक भएको राज्यको प्रकोप व्यवस्थापन विभागले जनाएको छ।

घटनामा थुपै्र यात्रुहरु हराइरहेका कारण उद्धारकर्मीहरु परिचालन गरिएको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को ३०–३० सदस्य भएको दुई समूह राहत र उद्दारकार्यमा जुटेका छन् ।

गोदावरी नदीको बीच भागमा रहेको पापीकोंडालु पहाड घुम्न गएकाहरु दुर्घटनामा परेका हुन् ।

यसैबीच आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।




Top