आज भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती

0
भानुभक्त आचार्यको
Advertisement

आज भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती

काठमाडौं : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । साहित्य क्षेत्रका क्रियाशील संघसंस्थाले भानुजयन्तीका अबसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

भानुभक्तले राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनमा ठूलो गुन लगाएका छन् । भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो ।

यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । भानुभक्तको जन्म विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा भएको थियो । भानुभक्तको निधन १९२५ असोजमा भएको थियो । यसैबिच तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

Facebook Comments

Advertisement