logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

रत्नपार्कबाट भक्तपुर लगेर सार्वजनिक बसमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

स्टिम न्युज वि.सं १८ आश्विन २०७७, आईतवार १९:११
रत्नपार्कबाट भक्तपुर लगेर सार्वजनिक बसमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

भक्तपुर । भक्तपुरमा १७ वर्षीया किशोरीको बस भित्रै सामूहिक बलात्कारको शिकार भएकी छन् । भक्तपुर नगरपालिका ८ मा ३ जना युवाहरुले शनिबार सार्वजनिक सवारी साधनभित्र किशोरीको बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा उक्त बसका चालक र सह-चालक पक्राउ परेका छन्। एक एक जना आरोपी फरार छन्।

पक्राउ पर्नेमा बस चालक भक्तपुर सूर्यविनायक नगरपालिका-१० का २२ वर्षीय निरकुरमार खड्का र सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने सह-चालक २१ वर्षीय सूर्य श्रेष्ठ रहेका छन्।

शुक्रबार रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीहरुले किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेका हुन् ।  शनिवार साँझ बलात्कारको शि’कर भएकी थिईन् । किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए ।



Loading...
loading...

Top