logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

५ घन्टा नवित्दै सार्वजनिक यातायातको भाडा बढाएको निर्णय फिर्ता

वि.सं ३० जेष्ठ २०७६, बिहीबार २३:२७
Blog single photo

५ घन्टा नवित्दै सार्वजनिक यातायातको भाडा बढाएको निर्णय फिर्ता

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गर्दैर्छौं ।’

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

रात्रीकालिन बससेवा सञ्चालन हुने निर्णय पनि फिर्ता

त्यो सँगै असार १ गते आइतबारदेखि काठमाडौंमा ‘रात्री बस सेवा’ पुनः सुरु गर्ने निर्णयबाट पनि सरकार पछि हटेको छ ।

रात्री बसको भाडादर तोक्नुका साथै कुन कम्पनीले कुन रुटमा जाने समेत किटान गरेको थियो । तर यातायात व्यवस्था विभागले एकाएक रात्री बस चलाउने निर्णय स्थगित गरेको छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विभागले रात्री बस चलाउने निर्णय तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ ।

जबकी विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्री बस चलाउन अनुमति दिइएको थियो । बिहीबार नै रात्री बसको न्युनतम् भाडा २५ रुपैयाँ तोकेर सूचना निकालेको थियो ।

यो पनि पढ्नुहोस

असार एक गतेदेखि काठमाडौं उपत्यकामा रात्रीकालिन बससेवा सञ्चालन हुने

बजेट लगत्तै महंगी उपहार सार्वजनिक यातायातको भाडा बृद्धी

तर साँझ विभागले भाडावृद्धिसहित रात्री बसको भाडा तोकेको निर्णय पनि स्थगन गरेको छ । काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ । बस छुट्दा चर्को भाडातिरेर ट्याक्सीमा जानु वा हिडेर जानुको विकल्प थिएन ।

व्यवसायीहरु साविकको भन्दा बढी भाडा लिएर राति १२ बजेसम्म बस चलाउन सहमत पनि थिए । तर सरकार एकाएक आफ्नो निर्णयबाट पछि हटेको छ ।

केही समयअघि साझा बसले राति ९ बजेसम्मसेवा दिन सुरु गरेको थियो । तर आर्थिक रुपमा फलदायी नभएपछि स्थगन गरेको थियो ।  यसअघि रात्री बस सेवा पनि सञ्चालन गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो ।

राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । ६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो । विभिन्न रुटठहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै सेवा बन्द गरेका थिए ।

मालबाहकलाई प्रवेश रोक पनि फिर्ता

सरकारले गाडी भाडा बढाउने र रात्री बस चलाउने निर्णयसँगै काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि फिर्ता लिएको छ ।

व्यवसायीहरुले यो निर्णयका कारण व्यापार, उद्योग र कलकारखाना चलाउन नसकिने अवस्था आउने भन्दै विरोध गरेका थिए । यातायात व्यवस्था विभागले बिहीबार सााझ एक विज्ञप्ति निकालेर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाउने गरी घोषित नियम तत्काल लागू नगर्ने गरी स्थगित गरेको छ ।

विभागले असार १ देखि आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेक मालबाहक सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको थियो ।

मापदण्ड अनुसार काम नगरेको आरोप , कालोपत्रे गरेको दुई सातामै भत्कियो सडक




Top