logo
  • Saturday, November 28, 2020
  • वि.सं १३ मंसिर २०७७, शनिबार

बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरस संक्रमण

स्टिम न्युज वि.सं १७ चैत्र २०७६, सोमबार १३:१९
बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना महामारीबाट बेलायत निकै प्रभावित भएको छ । यहाँ प्रधानमन्त्री बोरिस जोनसनसम्मलाई कोरोना संक्रमण भएको छ । यो बीचमा बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलासा भएको छ ।

बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको बकिंघम प्यालेसले पुष्टि गरेको हो ।

एलिजाबेथमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको प्यालेसले बताएको छ। अहिले उनी विन्डसर क्यासलमा सेल्फ आइसोलेसनमा बसेकी छिन् ।



Loading...
loading...

Top