logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

प्रिमियर लिग : पोग्बाको पेनाल्टी मिस भएपछि वुल्भससँग बराबरीमा रोकियो युनाइटेड

एजेन्सी वि.सं ३ भाद्र २०७६, मंगलवार ११:००
Blog single photo

काठमाडौं। ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ। सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।

पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फाल्दा युनाईटेड जित निकाल्न असफल रह्यो । खेलको २७ औ मिनेटमै गोल गर्दै पाहुना टोली युनाइटेडले अग्रता लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो




Top