logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

विश्वकप क्रिकेट: बंगलादेश र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदै

वि.सं २० असार २०७६, शुक्रबार १२:१२
Blog single photo

विश्वकप क्रिकेट: बंगलादेश र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं : विश्वकप क्रिकेटमा आज पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दिउसो सवा तीन बजे लड्समा हुने खेलले विश्वकपको सेमिफाइनलमा पुग्ने चौथो टोलीको टुंगो लगाउने छ । दुबै टिम लगभग सेमिफाइनल समिकरणभन्दा बाहिर पुगिसकेका छन् ।

तर पाकिस्तानको गणितिय सम्भावना कायमै छ । सेमिफाइनल पुग्नका लागि उसले ठुलो रनरेटमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ । पाकिस्तानले पहिले ब्याटिङ गर्दै कम्तिमा ३ सय ५० रन बनाउनुपर्ने हुँदा त्यो सम्भावना निक्कै कम देखिन्छ ।

न्युजिल्याण्डको राम्रो नेट रनरेट भएका कारण सेमिफाइनलमा उसले नै स्थान बनाउने देखिन्छ । भारत, अष्ट्रेलिया र आयोजक इंग्ल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।




Top