logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु

स्टिम न्युज वि.सं १ फाल्गुन २०७६, बिहीबार १५:०४
पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु

भोजपुर :भोजपुरको ट्याम्केमैयुम गाउँपालिका ७ बतासे का भाईराज राईको ९ बर्षीया छोरी निशाना राईको पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा ज्यान गएको छ। बुधवार दिउँसो २ बजेको समयमा आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा बालिकाको ज्यान गएको हो।

घटनाको बारेमा खबर प्राप्त भए संगै तत्काल प्रहरी चौकी कोटबाट खटिएको प्रहरी टोलीले बालिकालाई मृत फेला पारेको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृतसहित खटिएको टोलीले कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।



Loading...
loading...

Top