logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

स्टिम न्युज वि.सं ३० फाल्गुन २०७६, शुक्रबार १४:१५
दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

बारा ।दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई जीतपुरबाट प्रहरीले पक्राउँ गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई प्रहरीले पक्राउ गरेको हो

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले करनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

सहनीले मदिरा सेवन गरि बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेका आरोप छ । उनीविरुद्ध प्रहरीले पाँच दिनको म्याद बारा जिल्ला अदालतबाट थप गरी जबर्जस्ती करणीसम्बन्धि कसूरमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।



Loading...
loading...

Top