logo
  • Sunday, October 20, 2019
  • वि.सं ३ कार्तिक २०७६, आईतवार

बाजुराकी बालिकाको दिल्लीमा बलात्कार प्रयासपछि हत्या

वि.सं ७ श्रावण २०७६, मंगलवार १४:०४
Blog single photo

बाजुराकी बालिकाको दिल्लीमा बलात्कार प्रयासपछि हत्या

काठमाडौं: भारतको राजधानी दिल्लीमा नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या भएको छ । बाजुरा घर भइ भारतको पूर्वी दिल्लीको सक्कपुर बस्ने ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको हो ।

भारतस्थित नेपाली राजदूताबासका अनुसार मृतक बालिकाको घर बाजुराको बुढिगंगा नगरपालिका– १ कुडीमा पर्छ । बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन् । शुक्रबारको दिन पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको हो ।

हत्यामा संलग्न भएको आरोपमा भारतीय नागरिक बसिम अहमद उर्फ सनुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । दुताबासका अनुसार मृतक बालिकाको बुवा देब चदारा बसिमकै घरमा चौकीदारी काम गर्छन् । आमा पनि बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा गर्थिन् ।

शुक्रबार दिउँसो पौन १ बजे डेरामा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । अचेत अवस्थामा भेटिएकी बालिकालाई अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृतक घोषणा गरेका थिए ।




Top