logo
  • Tuesday, June 2, 2020
  • वि.सं २० जेष्ठ २०७७, मंगलवार

‘बालबालिका विरुद्ध हुने हिंसा शोषण र दुर्व्यवहार सह्य हुन्न’: प्रधानमन्त्री ओली

स्टिम न्युज वि.सं २९ भाद्र २०७६, आईतवार ०९:४५
‘बालबालिका विरुद्ध हुने हिंसा शोषण र दुर्व्यवहार सह्य हुन्न’: प्रधानमन्त्री ओली

काठमाडौं। राष्ट्रिय बाल दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै बालबालिका विरुद्ध हुने हिंसा, शोषण र दुर्व्यवहार सैह्य तथा क्षम्य नहुने बताएका छन् ।

प्रधानमन्त्रीले बालबालिकाको हक, हित र बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकारसम्बन्धी महासन्धिका प्रावधान, हाम्रा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिवद्धता र नेपालको संविधान र कानुनले प्रत्याभूत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

संविधानको धारा ३९ ले बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरूको अधिकार रहेको बताए ।

बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको बताउँदै प्रधानमन्त्री ओलीले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नदिन सरकार सचेत रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले आर्थिक वर्षबाट “प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, समृद्ध नेपाल निर्माणको आधार” कार्यक्रम सञ्चालन गरिएको बताउँदै भने, “असल‚ सिर्जनशील र विश्लेषणात्मक सीपयुक्त जनशक्ति विकास गर्न विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि गर्ने र प्राविधिक शिक्षामा नेपालको मौलिक कला, संस्कृति र ज्ञानको संरक्षण तथा प्रवद्र्धन गर्ने विषयहरू समावेश गरी सीपयुक्त जनशक्ति विकास गर्ने नीति लिइएको छ ।”

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो लक्ष्य वार्षिक कार्यक्रम, अल्पअवधिको विषय वा कार्ययोजना मात्र नभइ दीर्घकालीन राष्ट्रिय लक्ष्य भएको र यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक चाहिने बताए । “यसका लागि आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निर्मुल र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल गर्ने बताए । उनले अभिभावकविहिन बालबालिकाको अभिभावकत्व राज्यले लिने जानकारी बताउदै भने बालबालिकाका विरुद्धमा भइरहेका वा हुन सक्ने सबै प्रकारका हिंसा, शोषण एवम् दुव्र्यवहार कुनै पनि हालतमा सह्य तथा क्षम्य हुने छैन ।”



Loading...
loading...

Top