logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

बझाङ केन्द्र विन्दु बनाएर सुदूरपश्चिममा एकाबिहानै भूकम्प

स्टिम न्युज वि.सं २५ माघ २०७६, शनिबार ०८:२२
बझाङ केन्द्र विन्दु बनाएर सुदूरपश्चिममा एकाबिहानै भूकम्प

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा केन्द्र विन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ। ।

बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

त्यस्तै ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको पनि भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ ।

केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन । एक महिना अघि पनि बझाङ नै केन्द्र विन्दु भएर भूकम्प गएको थियो।



Loading...
loading...

Top