logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६० पुग्यो, ३८ घाइते , २६ बेपत्ता

वि.सं २९ असार २०७६, आईतवार १७:५८
Blog single photo

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६० पुग्यो, ३८ घाइते , २६ बेपत्ता

काठमाडौं: केहि दिन देखिको अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २१ महिला र २७ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका विवरण अनुसार ३८ जना घाइते भएका र उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये १७ महिला र २१ पुरुष रहेका छन् ।

अहिले सम्म १२ महिला र १४ पुरुष गरी २६ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार ८ सय ४४ जनाको उद्धार गरिएको प्रहरी कार्यालयले जनाएको छ ।




Top