logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

बाढीपहिरोमा परि प्रदेश १ मा १६ जनाको मृत्यु, ५ वेपत्ता

वि.सं २९ असार २०७६, आईतवार ०९:०९
Blog single photo

बाढीपहिरोमा परि प्रदेश १ मा १६ जनाको मृत्यु, ५ वेपत्ता

विराटनगर : लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले प्रदेश १ मा शनिबार रातिसम्म मुत्यु हुनेको संख्यामा १६ पुगेको छ। बाढी पहिरोमा परि ५ जना वेपत्ता छन्।

१४ जिल्ला रहेको प्रदेश १ मा बाढी पहिरोमा मृत्यु हुनेमध्ये सबैभन्दा धैरै भोजपुरमा छन्। भोजपुरमा मात्र बाढी र पहिरामा परि पाँच जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

प्रदेश अन्तर्गत मृत्यु हुनेको संख्यामा खोटाङमा ३, झापामा २, ओलढुंगामा ४, इलाममा १ र सुनसरीमा १ जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर कुमार दाहालले जानकारी दिए।




Top