logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

यी हुन् नेपालका सबैभन्दा बढी कर तिर्ने करदाताहरु…..

स्टिम न्युज वि.सं १ मंसिर २०७६, आईतवार १८:३२
Blog single photo

काठमाडौं । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ । आन्तरिका राजश्व विभागले आठौं कर दिवसका अवसर आइतबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो ।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ ।

निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. लि छ। व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन।

सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ ।

धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु :

  1. सबैभन्दा धेरै कर तिर्ने करदाता : रवी केसी सुर्य नेपाल
  2. निर्यातकर्ता आयकर : पंकज बजाज, डाबर नेपाल
  3. उद्योग(मदिरा र चुरोट बाहेक): जगदम्बा, सुलभ अग्रवाल
  4. कृषि : अन्नपूर्ण एग्रो इ. राज कुमार पराजुली
  5. लघुवित्तस् छिमेकी लघुबित्त
  6. बैंक: राष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ
  7. बीमा : नेपाल लाईफ, विवेक झा
  8. स्वास्थ्य शिक्षा : मणिपाल मेडिकल कलेज
  9. सूचना प्रविधि : वर्ल्डलिंक, दिलिप अग्रवाल
  10. व्यापार : अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
  11. पर्यटन : हायात, सुरेशलाल श्रेष्ठ
  12. मध्यम करदाता: कामना सेवा विकास बैंक, हरिप्रसाद
  13. आन्तरिक कार्यालय तर्फ : भिएस मोरिसस
  14. व्यक्तिगत : सिध्दार्थ शमशेर जबरा
  15. भ्याट : घोराही,सिमेन्ट संजय बंसल




Top