logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

किसानको साथी “एजोला” पशुलाइ दाना देखी धान खेती सम्म सित्तैमा

वि.सं २७ आश्विन २०७६, सोमबार १२:४५
Blog single photo

किसानको साथी “एजोला” पशुलाइ दाना देखी धान खेती सम्म सित्तैमा

के हो एजोला ?
एजोला पानीमा तैरने वनस्पती हो । प्रसस्त पानी भएको ठाउँमा यिनीहरु विश्वभरनै पाइन्छ । पानीमा हुने मखमल, जल उनिउ, हांसको झार र रातो एजोला जस्ता नामले पनि चिनिने एजोला उष्ण, समषितोष्ण र उपोषण क्षेत्रमा पाइन्छ । अत्यन्तै चिसो र अत्यन्तै सुख्खा ठाउँमा भने यो पाइदैन ।

विश्व खाद्य सँस्थाको अनुसन्धान अनुसार एजोला पिनाटा र एजोला फिलिकुलोइड्स नेपालका पोखरी र दबदबे जग्गामा धेरै पाइने गरेको छ । दुइटा लोब हुने पातहरु पालैपालो रहेका हुन्छन् । जमिन पटिको लोब बाक्लो हुन्छ र यसमा टोड्को (क्याभिटि) हुन्छ जसमा साइनोब्याक्टेरिया भेटिन्छन् ।

साइनोब्याक्टेरिया एजोलासँग परस्पर सहयोगी सम्बन्धमा रहेका हुन्छन् । रोपाई देखि बाला लाग्ने समय सम्म दुई चोटी एजोलाको प्रयोग गर्नाले धानको उत्पादनमा करिब ४०% ले वृद्दि भएको तथ्य नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक विष्णुहरि अधिकारीले आफ्नो जर्नलमा उल्लेख गर्नु भएको छ । कोषे बालीेले भन्दा एजोलाले करिब ३ गुणा बढि नाइट्रोजन फिक्सेसन गर्ने तथ्य दि एजोला फाउनडेसनले प्रकासित गरेको छ ।

कोषे बालीले ४०० के.जी नाइट्रोजन प्रति हेक्टर प्रति वर्ष उपलब्ध गराउँछ भने एजोलाले ११०० के.जी नाइट्रोजन प्रति हेक्टर प्रति वर्ष उपलब्ध गराउँछ । यसरी हेर्दा एजोलाको उचित बिकास गर्न आवश्यक देखिन्छ । एजोला सहजै लगाउन सकिने हुनाले यसको उपयोग कृषकहरुले सहजै गर्न सक्छन् । जानकारी र अनुसन्धानको अभावमा यसको प्रयोग नेपालमा खासै भएको पाइदैन । विशेषत: अर्गानिक खेतीमा लाग्नु भएका कृषि उद्यमीहरुको लागि यो नाइट्रोजनको दरिलो स्रोत बन्न सक्छ ।

कसरी काम गर्छ एजोलाले?
धानमा विश्वभरिनै अनुसन्धान गर्ने सँस्था इरीका अनुसार एजोलाले पानी र माटोबाट पोषण लिन्छ र एजोलामा हुने साइनोब्याक्टेरियालाई उपलब्ध गराँउछ । साइनोब्याक्टेरियाले बद्लामा वायुमण्डलको नाइट्रोजन एजोलालाई उपलब्ध गराँउछ । उपयूक्त अवस्थामा एजोलाको वृद्दि एकदमै छिटो हुन्छ । यसले आफ्नो वजन प्रत्येक ३ देखि ५ दिनमा दोब्बर पार्न सक्छ । एजोलालाई धानको खेतमा हाले पछि कुहिन्छ र नाइट्रोजन धानलाई उपलब्ध हुन्छ ।

वायुमण्डलको नाइट्रोजन बिरुवाले लिन सक्ने अवस्थामा उपलब्ध गराउनु एजोलाको मुख्य विषेशता हो । एजोला–अनाबिना (साइनोब्याक्टेरिया)को सहकार्यले करिब २–४ केजी नाइट्रोजन प्रति हेक्टर प्रति दिन उपलब्ध गराउछ जुन १०–२० के जी एमोनियम सल्फेट बराबर हो । एजोला धान खेतीका लागि प्राकृतिक नाइट्रोजनको सम्भाब्य श्रोत हो । यसर्थ एजोलालाई जैविक मलको रुपमा प्रयोग गर्न सकिन्छ । एकदमै छिटो बड्ने र माटो नचाहिने हँुदा एजोलालाई अचम्मको बिरुवा भनिन्छ । एजोलाले अनाबिनालाई चाहिने अक्सिजन रहित वातावरण उपलब्ध गराउँछ भने अनाबिनाले एजोलालाई चाहिने नाइट्रोजन उपलब्ध गराउँछ ।

एजोला उत्पादन विधि
माटोबाट झार हटाउने र माटोलाई सम्म पार्ने । इट्टालाई आयतन आकारमा मिलाएर राख्ने र सिल्पौलिन प्लाष्टिक सिटलाई बिक्षाउने । १०–१५ के.जीको चालिएको माटो सिल्पौलिन प्लाष्टिक सिट माथि राख्ने । २ के.जी गाईको गोबर र ३० ग्राम सुपर फस्फेटलाई १० लिटर पानीमा मिसाएको मसला सिल्पौलिन प्लाष्टिक सिट माथि राख्ने र १० से.मि जति पानी थप्ने । माटो र पानीलाई हल्का घोले पछि अब ०.५–१ के.जी एजोलाको कल्चर पानीमा हाल्ने र एजोला माथि अनिवार्य पानी छर्ने ( स्प्रिङकल गर्ने)। एक महिना पछि एजोला बाक्लो भएर चारैतिर बड्छ । हरक पाँच दिनमा २० ग्राम सुपर फस्फेट र १ के.जी गाईको गोबर हाल्नाले ५०० ग्राम दैनिक वृद्धि पाउन सकिन्छ । आइरन, कपर र सल्फरको मिश्रण प्रतेक हप्ता हाल्नाले पनि एजोलाको मिनिरल मात्रा बढाउन सकिन्छ । करिब ५ के.जी नयाँ माटो हरेक ३० दिनमा हाल्नाले पनि सुक्ष्म पोषक तत्वको कमी हुनबाट जोगाउछ । ३० दिनमा २५–३०५ पानी र्फेनाले पनि अधिक नाइट्रोजन हानी पुग्ने गरी बन्न पाउँदैन । हरेक ६ महिनामा नयाँ एजोलाको कल्चर नयाँ ब्याडमा राख्नु पर्छ । १०–१५ दिन पछि हरेक दिन ५००–६०० गा्म एजोलालाई टिप्न सकिन्छ ।

एजोलाको प्रयोग
एजोलालाई पशु आहाराको रुपमा, माछाको आहाराको रुपमा, हरियो मलको रुपमा , कम्पोष्ट बनाउन, झारको वृद्दि रोक्न, लामखट्टे ब्यवस्थापन गर्न, सजावट बिरुवाको रुपमा प्रयोग गर्न सकिन्छ ।

धान खेतिमा एजोलाको प्रयोग
धान खेतिमा नाइट्रोजन एकदमै महत्वपूर्ण हुन्छ । हरियो नाइट्रोजनको श्रोतको रुपमा एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोला कुहिए पछि एमोनिया निस्कन्छ र जैविक मलका रुपमा धानलाई उपलब्ध हुन्छ। एजोलालाई धान खेतिसँग अन्र्तबाली गर्दा वा एकल खेति गर्दा धानको दोब्ब्र बढि उत्पादन लिन सकिन्छ । एजोलाको एकल खेति गर्दा खेतमा जोत्नु भन्दा ५–७ दिन अगाडिनै खेतलाई भिजाउनुपर्छ । यसो गर्दा कुहिने प्रकिया छिटो हुन्छ ।

एकल जातिय बालीका रुपमा एजोलालाई धान रोपाँइ गर्न भन्दा ३–४ हप्ता अगाडि रोप्नु पर्दछ । अनि खेत तयार पार्ने बेलामा एजोलालाई खेतमा माटोसंग मिलाउन पर्दछ । धान संगै रोप्दा भने ५०० देखि ६०० के.जी प्रति हेक्टर इनोकुलम रोपाँइ गरे पश्चात खेतमा हाल्नु पर्दछ । यसरी ३ देखी ४ हप्तामा एजोलाको म्याट तयार हुन्छ र गोडमेल गर्ने बेलामा माटोमा मिसाउन सकिन्छ । २ देखी ३ पटक यसरी एजोलाको खेती गर्दा आवस्यक नाइट्रोजनको माग पुरा हुन्छ । फस्फोरस हाल्दा एजोलाको विकास राम्ररी हुन्छ भने थोरै मात्रामा मोलिब्डेनम हाल्दा बिरुवालाई प्राप्त हुने नाइट्रोजनको मात्रा बढ्न जान्छ । एजोलालाई चैते धान र बर्खे धान दुबैमा प्रयोग गर्न सकिन्छ । धान पाक्ने बेलामा एजोला कम प्रकाशका कारण मर्न थाल्छ र धानको बाला लाग्ने समयमा नाइट्रोजन, फस्फोरस, पोटासियम उपलब्ध हुन्छ । एजोलाले झारबाट पनि धानलाई बचाउँछ । एजोलाले पि.एच बड्न दिँदैन र यस कारणले गर्दा एमोनिया उडेर जान पाउँदैन ।

पशुको आहाराका रुपमा
एजोलालाई पोल्ट्रिको दानामा, माछाको दानामा, हाँसको दानामा र गाइवस्तुको आहाराका रुपमा प्रयोग गर्न सकिन्छ ।भारतमा विभिन्न स्थानमा भएको अध्ययन अनुसार गााइको आहारमा एजोलाको प्रयोग गर्दा मनग्यै दुध उत्पादन बृद्धि भएको उल्लेख गरिएको छ । विश्वका विभिन्न स्थानमा विभिन्न पशु तथा पंक्षीहरुको दानामा एजोलाको प्रयोगले उल्लेखनिय फाइदा पु¥याएको कुरा विभिन्न लेखहरुमा प्रकाशित भएका छन् ।

जैविक इन्धनमा प्रयोग
गाइको गोबर र एजोला मिसाइ गोबर ग्यासमा प्रयोग गर्दा गाइको गोबर मात्रै प्रयोग गरे भन्दा १.४ गुणा बढि ग्यास उत्पादन हुन्छ । यसर्थ गोबर ग्याँस उत्पादनमा पनि एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोलालाई जेट्रोफा जस्तै जैविक इन्धन बनाउन पनि प्रयोग गर्न सकिन्छ ।




Top