logo
  • Tuesday, January 28, 2020
  • वि.सं १४ माघ २०७६, मंगलवार

‘अवतार’ को रेकड तोड्दै, ‘एभेन्जर्स इन्डगेम’ बन्यो विश्वकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म

वि.सं ७ श्रावण २०७६, मंगलवार १८:५६
‘अवतार’ को रेकड तोड्दै, ‘एभेन्जर्स इन्डगेम’ बन्यो विश्वकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म

‘अवतार’ को रेकड तोड्दै, ‘एभेन्जर्स इन्डगेम’ बन्यो विश्वकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म

काठमाडौं: २०१९ को सबैभन्दा ठूलो ओपनर फिल्म बन्न सफल हलिउड फिल्म ’एभेन्जर्स इन्डगेम’ विश्वकै सर्वा्धिक व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ ।

प्रदर्शन भएको ८८ दिन सम्ममा २,७९०.२ मिलियन अमेरिकी डलर कमाई गर्दै अहिले सम्मको रेकड रहेको चलचित्र अवतार लाई पछी पार्न सफल भएको छ। २००९ को डिसेम्बर १८ मा रिलिज भएको ‘अवतार’ले टोटल २,७८९.७ मिलियन डलरको व्यापार गर्न सफल भएको थियो ।

जेम्स क्यामरून निर्देशित दश वर्ष अघि रिलिजमा आएको फिल्म ’अवतार’ले देश विदेशका विभिन्न हलहरुमा २३४ दिन टिकेको थियो ।

८८ दिन अगाडी प्रदर्शनमा आएको ‘एभेन्जर्स’ले घरेलु बक्सअफिसमा ’अवतार’लाई ५ लाख बढी अमेरिकी डलरले पछि पार्न सफल भएको छ । एभेन्जर्सका निर्माता कम्पनी मार्भल स्टुडियोका प्रमुख केभिन फेगले शुक्रवार बेलुका ५ लाख अमेरिकी डलर ग्रससहित एभेन्जर्स स् एन्ड गेमले अवतारको कमाइलाई उछिनेको घोषणा गरेको हो ।

अब ’अवतार’ दोस्रो स्थानमा पुगेको छ भने जेम्स क्यामरुनकै ’टाइटानिक’ तेस्रो स्थानमा सरेको छ । ‘एभेन्जर्सस् इन्ड गेम’लाई एन्थोनी रुसो र जोय रुसोले संयुक्त रुपमा निर्देशन गरेका हुन् । यो फिल्म ‘एभेन्जर्स’को अन्तिम सिरिज भएकाले पनि यस्तो रेकर्ड कायम भएको अनुमान गरिएको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com