logo
  • Tuesday, September 17, 2019
  • वि.सं ३१ भाद्र २०७६, मंगलवार

अज्ञात सशस्त्रधारी समूहले गाउँ घेरा हाली आक्रमण गर्दा कम्तीमा ९५ जनाको मृत्यु

वि.सं २८ जेष्ठ २०७६, मंगलवार ०९:०५
Blog single photo

अज्ञात सशस्त्रधारी समूहले गाउँ घेरा हाली आक्रमण गर्दा कम्तीमा ९५ जनाको मृत्यु

माली । पश्चिम अफ्रिकी मुलुक मालीको एउटा गाउँमा एक समूहको आक्रमणमा परि कम्तिमा ९५ जनाको मृत्यु भएको छ ।

आक्रमण अफ्रिकी मुलुक मालीको सांगा शहरको मोप्ती क्षेत्रमा भएको थियो ।

सरकारी अधिकारीहरूका अनुसार ९५ जनाको शव भेटिएको र अझै केहि मानिसहरू हराइरहेका छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने अधिकारिहरूले बताएका छन् ।

अज्ञात सशस्त्रधारी समूहले गरेको उक्त आक्रमणलाई त्यहाँको सरकारले आतंकवादी हमला भनेको छ ।

आक्रमणकारीहरूले घरपालुवा जनावरहरूको पनि हत्या गरेको र घरहरू जलाइदिएको बताइएको छ ।

आक्रमण भएको गाउँमा डोगोन जातिका मानिसहरूको बसोबास रहदै आएको र त्यहाँ ३०० हाराहारीमा घरहरू रहेका थिए ।

घटनामा बाँच्न सफल एक प्रत्यक्षदर्शीका अनुसार करिब ५० जनाको समूह मोटरसाइकलमा चढेर आएका थिए र उनीहरूले गाउँमा अन्धाधुन्द आक्रमण गरेको थिए ।

गाउँलाई घेरा हालेर आक्रमण गर्ने क्रममा महिला बालबालिका तथा वृद्धवृद्धा कसैलाई पनि नछाडी हत्या गरिएको थियो ।

आक्रमण कसले र किन गरायो भन्ने खुलेको छैन ।

यधपी मार्च महिनामा एक डोगोन सशस्त्र समूहलाई, फुलानी जातिको वसोवास रहेको गाउँमा गरेको नरसंहारको आरोप लागेयता त्यहाँ तनावको स्थिति रहेको बताइएको छ ।

उक्त नरसंहारको बदलामा यो घटना घटाइएको हुनसक्ने आशंका गरिएको छ ।




Top