logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

प्रहरीले भन्याेः गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ।

स्टिम न्युज वि.सं ३ माघ २०७६, शुक्रबार २१:२५
प्रहरीले भन्याेः गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ।

काठमाडौं। गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेको भिडियो अहिले भाइरल भएको छ ।

दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको आज सिसी टिभी फुटेज नै सार्वजनिक भयो ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका बेला कुनै दुर्व्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराउनुभएको छ ।

उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुप¥यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए । राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको उनले बताए ।

घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै राउतले लाइभ गरेकी थिइन् ।



Loading...
loading...

Top