logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

प्रहरीलाई छ्क्याएर अस्पतालबाट फरार किशोर बालाजुबाट पक्राउ

वि.सं ८ जेष्ठ २०७६, बुधबार १६:५८
Blog single photo

प्रहरीलाई छ्क्याएर अस्पतालबाट फरार किशोर बालाजुबाट पक्राउ

काठमाडौँ, ८ जेठ: प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ ।

एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले स्वास्थ्य जाँचका क्रममा वीर अस्पताल लैजाँदा अस्पतालबाटै मङ्गलबार राति फरार भएका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले मङ्गलबार राति फरार श्रेष्ठलाई आज दिउँसो वृत्त महाराजगञ्जबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले बालाजुबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ श्रेष्ठलाई म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको बेला उनी फरार भएका थिए ।

जर्बजस्ती करणी आरोपमा पक्राउ परेका किशोर प्रहरीलाई छ्क्याएर फरार

रासस

हामीलाई युट्युवमा यहाँबाट हेर्नुहोस

 




Top