logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

पुडासैनी मृत्यु प्रकरण: अस्मिताको पक्षमा अधिवक्ता निमा गिरीले वकालत गर्ने

स्टिम न्युज वि.सं ५ भाद्र २०७६, बिहीबार १३:५५
Blog single photo

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेकी रुकु भनिने स्वास्थ्य परिचारिका अस्मिता कार्कीको पक्षबाट अधिवक्ता निमा गिरीले वकालत गर्न चासो देखाएकी छिन्।

न्युज २४ का टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेलसँगै पक्राउ परेकी  कार्की पक्षमा वकालत गर्ने वकिल नपाइको कुरा सार्वजनिक भएपछि अधिवक्ता गिरीले उनको पक्षबाट वकालत गर्ने बताएकी हुन्।

पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेर हिरासतमा रहेकी कार्कीले वकालत गर्ने वकिल नपाएको कुरा सार्वजनिक भएसँगै गिरीले आफू उनको पक्षबाट वकालत गर्ने स्पष्ट पारेकी हुन्। गिरीले उनको पक्षबाट अदालतमा आफूसहितको अधिवक्ताहरुको टीम निःशुल्क वकालत गर्न तयार रहेको बताएकी छिन् ।

यता  संगै पक्राउ परेका न्यूज २४ सँग आवद्ध पत्रकार रवि लामिछाने, युवराज कँडेलको पक्षमा वरिष्ठ अधिवक्ता शुसिल पन्त, सुनिल पोखरेल सहितका अधिवक्ताहरुले वकालत गरिरहेका छन्।

पुडासैनीले मृत्युअघि टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीको करण आत्महत्या गर्न बाध्य भएको भिडियो सामग्री बनाएका थिए । पुडासैनीले आफ्नो आत्महत्यामा रवि, युवराज र अस्मितालाई आरोपित गरेका थिए।  सोही भिडियोको आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

मृतक पुडासैनीले आफ्नी श्रीमतीको दुर्घटनामा परी निधन भएको झुटो कुरा भनेर प्रेमजालमा पारेपनि पछि सत्य तथ्य थाहा पाएपछि सम्बन्ध तोडेको बताएकी अस्मितालाई आफ्नो सुसाइड भिडियो सन्देशमा उनले आरोप लगाएका थिए।

सोहि आरोपका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा लिएको छ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई मंगलबार पुनः पाँच दिनको म्याद थपेको छ । गत मंगलबार चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश केशव अधिकारीको तीन नम्बर इजलासमा इजालासमा भएको बहसमा पुनः पाँच दिनको म्याद थप गर्ने विषयमा अदालतले अनुमति दिएको हो ।




Top