logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

मेस्सीको गोलमा अर्जेन्टिनाले जित्यो ‘सुपरक्लासिको’को उपाधि

स्टिम न्युज वि.सं ३० कार्तिक २०७६, शनिबार ०८:०६
Blog single photo

कात्तिक । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ ।शुक्रबार राति साउदी अरेबियाको अल साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले ब्राजिलाई १-० गोल अन्तरले पराजित गर्दै ‘सुपरक्लासिको’को उपाधि हात पारेकाे हाे ।

उक्त खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरेका थिए । मेस्सीले खेलको १४औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए ।

सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।

खेल अवधिभरि ब्राजिलले अर्जेन्टिनाको पोस्टमा ६ प्रहार गर्यो भने अर्जेन्टिनाले १४ पटक प्रहार गरेको थियो ।

यस जितसँगै अर्जेन्टिनाले ब्राजिलविरुद्ध हारको बदला लिएको छ । यसअघि ४६औं संस्करणको कोपा अमेरिकाको सेमिफाइनल खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराएको थियो । कोपापछि ब्राजिल र अर्जेन्टिनाले पहिलोपटक प्रतिस्पर्धा गरेका थिए ।




Top