युवकको अपहरण गरि हत्या गरेको आरोपमा सिरहामा एक युवक पक्राउ

युवकको अपहरण गरि हत्या
Advertisement

युवकको अपहरण गरि हत्या गरेको आरोपमा सिरहामा एक युवक पक्राउ

महेश सिंह महतो , सिरहा , जेष्ठ ३१ । सिरहामा एक युवकको अपहरण गरि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका–२ का २१ वर्षीय गङ्गाराम मण्डल खत्बे रहेको प्रहरीले जनाएको छ ।

मण्डलले धनगढीमाई नगरपालिका–६ स्थित कसहार वसन्तपुर चोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मण्डलले गत २०७५ फागुन ९ गते यादवलाई अपहरण गरि भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको,

र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मण्डलको मृत्यु भएको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको,

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छ्न ।

Facebook Comments