logo
  • Friday, May 7, 2021
  • वि.सं २४ बैशाख २०७८, शुक्रबार

आजदेखि बन्द हुँदै आन्तरिक उडान, अन्तर्राष्ट्रिय उडानमा रोक लगाइँदै

स्टिम न्युज वि.सं २० बैशाख २०७८, सोमबार ०८:१८
आजदेखि बन्द हुँदै आन्तरिक उडान, अन्तर्राष्ट्रिय उडानमा रोक लगाइँदै

काठमाडौं ।आज (सोमबार) मध्यरातिबाट सरकारले मुलुकभरका सबै आन्तरिक उठानमा रोक लगाउँदै छ ।

आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान बन्द गराउने निर्णय लिएको हो । वैशाख २२ गते अर्थात बुधबाररातिबाट अन्तराष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय बैठकमा भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै उडानमा रोक लगाउने निर्णय भएको उनले बताए । गोरखापत्र दैनिकमा समाचार छ।



Loading...
loading...

Top