logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

सङ्गीतकार तथा गायक अनु मलिक इण्डियन आइडलको निर्णायक भूमिकाबाट बाहिरीए

स्टिम न्युज वि.सं ९ मंसिर २०७६, सोमबार १४:१२
Blog single photo

काठमाण्डौ: इण्डियन आइडलमा निर्णायकको भूमिकामा देखिँदै आएका सङ्गीतकार तथा गायक अनु मलिक बाहिरिएका छन् ।

यौन दुर्ब्यबहारको आरोप लागेका उनलाई ‘मि टु’ का कारण बाहिरिएका हुन् । उनी यसअघि पनि  इण्डियन आइडलको १० औं संस्करणबाटउनि बाहिरिएका  थिए ।

इण्डियन आइडलको ११ औं संस्करणमा भित्रिए पनि फेरि उनीमाथि यौन हिंसाको आरोप लागेपछि उनको विषयमा चौतर्फी बिरोध भएको थियो । निर्णायकको भूमिकामा देखिँदै आएका मलिक आफैले कार्यक्रम छाड्ने निधो गरेका हुन् ।

गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति इरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकविरुद्ध यौन दुव्र्यवहारको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपश्चात् राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाउँदै सोनी टेलिभिजनसँग स्पष्टीकरण माग गरेको थियो ।




Top