logo
  • Friday, July 3, 2020
  • वि.सं १९ असार २०७७, शुक्रबार

सडकमा अण्डा फ्याँकेर अण्डा उत्पादक किसानले गरे आन्दोलन

स्टिम न्युज सम्वाददाता वि.सं १ पुष २०७६, मंगलवार १९:३५
सडकमा अण्डा फ्याँकेर अण्डा उत्पादक किसानले गरे आन्दोलन

चितवन। लागत अनुसारकोे बजार भाउ नपाएको भन्दै चितवनका अण्डा उत्पादक किसानले सडकमा अण्डा फ्याँकेका छन् ।

मंगलबार अण्डा उत्पादक किसानहरु भरतपुरको चौबिस कोठीमा जम्मा भएर सडकमा अण्डा फालेर बिचौलियाको विरोध गरेका हुन् ।

विचौलीया आफैले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएपछि यहाँका किसनले सडकमा अण्डा फालेर विरोध जनाएका हुन् । विचौलियाहरुले अण्डा उत्पादक संघले निर्धारण गरेको मुल्य भन्दा कम मूल्यमा अण्डा उठाउन सुरु गरेपछि यहाँका किसानहरु आन्दोलित बन्दै आएका छन् ।

पाँच जना किसानलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा सडकमै अण्डा नष्ट गरेको अण्डा उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरबाट चौविस कोठीसम्म नाराबाजी गर्दै -याली समेत निकालेका थिए । उनीहरुले किसान मारा विचौलिया मुर्दाबाद, अण्डा उत्पादक किसान माथिको हस्तक्षेप बन्द गर, देशभरीबाट नियन्त्रणमा परेका किसानहरु तुरुन्त रिहा गर,लगाएतका नारा लगाएका थिए ।

चितवनमा करिब ४ सय जना अण्डा उत्पादक किसान रहेका छन् ।



Loading...
loading...

Top