न्यूयोर्क। अमेरिकी राष्ट्रपतिका का लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि औपचारिक निर्णय गरेका छन् । न्युयोर्क सिटीका पूर्व मेयरसमेत रहेका ब्लुमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
अमेरिकी धनाढ्यको सूचिमा आठौँ नम्बरमा रहेका ब्लुमबर्गको सम्पत्ती सम्पती ५४.४ बिलियन अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ ।
उनले जारी गरेको वक्तव्यमा ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिका पुननिर्माणमा लागि’ उम्मेदवारीको घोषणा गरेको उल्लेख छ। ७७ वर्षीय ब्लुमबर्गले मतदान हुनु भन्दा ३ महिना अघि नै उम्मेदवारी घोषणा गरेका हुन् । तर यद्यपि राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकका तर्फबाट उम्मेदवार बन्न भने उनले दलभित्रै डेढ दर्जन नेताहरूलाई जित्नुपर्नेछ ।
दलभित्र उनकालागि पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन र बर्नी सान्डर्स तथा मेयर पिट बुट्जजको चुनौति प्रमुख छ । सन् २००१ मा न्युयोर्कको मेयर भएका ब्लुमबर्गले लगातार तीन कार्यकाल बिताएका थिए ।