अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

0
अमेरिका प्रवेशमा, इरानमाथि लगाइएको नयाँ,प्रवेशाज्ञा शुल्क,अमेरिकामा आँधीसँगै बाढीपहिरो
Advertisement

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

ह्युस्टन, २९ असार: तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् ।

शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि बर्षा भएकाले अरु धेरै क्षति भएको र थप खतरा रहेको अनुमान गरिएको छ ।

सामुद्रिक तटीय क्षेत्रबाट आएको आँधीले अमेरिकाका पूर्वी आवासीय क्षेत्रमा सबैभन्दा बढी नोक्सान गरेको छ ।

स्वयमसेवक तथा उद्धारकर्ताहरुले प्रभावितहरुलाई सुरक्षित गराउने र उद्धार गर्नेक्रम भने चलिरहेको जनाएका छन् । रासस/सिन्ह्वा

Facebook Comments

Advertisement