logo
  • Saturday, July 11, 2020
  • वि.सं २७ असार २०७७, शनिबार

अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

वि.सं १२ श्रावण २०७५, शनिबार १६:५१
अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

वासिङटन / अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् । आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान गर्ने उनीहरुले बताएका हुन् ।

प्रमुख कार्यकारी लेज मुन्भेसले यौन दुव्र्यवहार गरेको ६ जना महिलाले बताएपछि उहाँको संस्थाका निर्देशकहरुले छानबिन गर्ने बताएका हुन् । त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चार जनाले पनि बैठकका दौरानमा आफूहरूलाई मुन्भेसले जबर्जस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् । गल्ती स्वीकार गर्दै आफ्नो कारणले केही महिलालाई असहज भएको हुन सक्ने ६८ वर्षीय मुन्भेसको भनाइ छ । यद्यपि यौन दुव्र्यवहार गरेको आरोपको भने उहाँले खण्डन गर्नुभएको छ ।

आफूले महिलाहरुलाई बुझ्ने र सम्मान गर्ने गरेको बताउनु भएको छ । यौन दुव्र्यवहार गरेको आरोपपछि मुन्भेसले राजीनामा दिनुभएको छ । तर टेलिभिजन व्यवस्थापनले एउटा वक्तव्य जारी गर्दै मुन्भेसमाथि लगाइएका आरोपबारे छानबिन गरेर थप निर्णय लिने स्पष्ट पारेको छ ।



Loading...
loading...

Top